काठमाडौँ – चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकनका लागि अब ‘सफारी’ सेवा उपलब्ध हुने भएको छ ।


ADVERTISEMENT


मंगलबार रंगशाला निर्माणको नेतृत्व गरिरहेको धर्मुस सुन्तली फाउन्डेसनले रंगशाला अवलोकनका लागि आउनेहरुका लागि गाडी मार्फत अवलोकनको व्यवस्था गरेको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’का अनुसार उक्त सफारीका लागि केही शुल्क लाग्नेछ । जुन रंगशाला निर्माणका लागि खर्च हुनेछ ।


ADVERTISEMENT

# # #


उनले भने, ‘रंगशाला अवलोकनका लागि आउनु भयो भने अब तपाईंहरु रंगशाला सफारी मार्फत रंगशालाको निर्माण कसरी भइरहेको भनेर हेर्न सक्नुहुन्छ ।’ यसले रंगशालामा आउनेहरुका ालगि अवलोकनमा सहज मात्र हुनेछैन, रंगशालाका लागि आर्थिक सहयोग पनि जुट्ने अध्यक्ष कट्टेल विश्वास व्यक्त गरे ।

सफारीका लागि बाराको अमलेखगञ्जस्थित इलाफेन्ट भिलेज रिर्सोटका तर्फबाट मोन शर्मा लामिछानेले सौजन्य गरेका हुन् ।