काठमाडौँ – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड ५३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।


ADVERTISEMENT


मंगलबार सम्पन्न साधारण सभामा कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनका क्रियाकलापमा छलफल तथा समीक्षा गर्दै वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।


ADVERTISEMENT

# # #


कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै रु. ८ अर्व २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५।०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।

कर्पोरेशनले यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

विगत वर्षमा कर्पोरेशने आयात गरेको चिनी मध्ये २५०० मेट्रिक टन चिनी भंसार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाएकाले चिनीको कारोबारमा कमी एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको कर्पोरेसनले जनाएको छ ।