काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र प्रचण्डको प्रस्तावमाथि छलफलमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT


प्रवक्त श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डले आफ्ना धारणाहरु राखेका छन् । यद्दपी प्रस्तावका विषयमा गम्भीर छलफल हुन भने बाँकी नै रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


सचिवालय बैठक भोलि फेरि दिउँसो १ बजे बस्नेछ । यसबीचमा नेताहरुबीच अनौपचारिक छलफल, संवादका प्रक्रिया पनि सुरु हुने उनले बताए ।

गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रतिवेदनको जवाफ दिँदै ओलीले १० दिन लगाएर जवाफी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सचिवालयमा भएका ओली पक्षका नेताहरु प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने पक्षमा छन् भने प्रचण्ड पक्षका नेताहरु दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफल हुनुपर्ने अडानमा छन्।

नेकपाको स्थायी कमिटीको बैठक १८ गतेका लागि बोलाइएको छ । पूर्वनिर्धारित बैठकलाई बदल्ने कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।