काठमाडौँ – नेपालमा थप ६२९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ११० जना महिला र ५१९ जना गरी थप ६२९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ ।
कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ भने २३३८ जना निको भएका छन् । २४ घण्टायता १ सय १४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।