काठमाडौँ  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ ।


ADVERTISEMENT


पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्ने-नगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो समय सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि चर्किएको नेकपाको विवाद अध्यादेश फिर्ता भए पनि मत्थर हुन सकेको छैन । कतिपय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।