काठमाडौँ — कोभिड- १९ को बिरामीलाई सेवा प्रदान गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा, काठमाडौं महानगरपालिका र कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बीच सोमबार सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना उपचारका लागि १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने सम्झौता भएको बताए। यसका प्रयोगको लागि १०२ मा सम्पर्क गर्न सकिनेछ।
एम्बुुलेन्सका लागि आवश्यक पर्ने इमरजेन्सी मेडिकल टेक्निसियन र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पीपीईसहित उक्त एम्बुलेन्स व्यवस्था गरिएको हो। नेपाल एम्बुलेन्स सेवाले ५ वटा, मन्त्रालयले ४ वटा र महानगरपालिकाले १ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन्।