मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका छन् । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।


ADVERTISEMENT


अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन । चिसोबाट बच्न बालेको ग्याँस हिटरबाट निसासिएर बेहोस भएको हुनसक्ने एसपी राठौरले जानकारी दिनुभयो । अचेत अवस्थामा रहेका भारतीयहरुको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याइएको छ ।


ADVERTISEMENT

# # #