• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




पाँच अंकले बढ्यो नेप्से

Dec 30, 2019 |

पाँच अंकले बढ्यो नेप्से

387
SHARES
ShareTweet
काठमाडौँ – आइतबार करिब पाँच अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने साढे पाँच अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५३ अङ्कले बढेर एक हजार १६७.९५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोवार रकममा वृद्धि भएको छ । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर बढेको छ ।
बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ । नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको रु १० करोड ६ लाख २१ हजार ४४० बराबरको कारोवार भएको छ ।
शिवम् सिमेन्ट रु पाँच करोड एक लाख ६८ हजार ४८, एबीएल डिबेन्चर रु चार करोड ८७ लाख ५० हजार, एनएमबी बैंक रु दुई करोड ५४ लाख १० हजार ३७० र साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ४६ लाख ६५ हजार ९५२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शेयरधनीले ४.५९ प्रतिशतले कमाए ।
यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousछुटेलगत्तै गजुरेलको गर्जन : सरकारको अब खैरियत छैन
Nextभ्रमण वर्ष : ‘पर्यटकको गन्तव्य कर्णाली’

ताजा खबर

  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड
  • प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने
  • प्रधानमन्त्री ओली स्पेनमा सम्पन्न राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता
  • विश्वप्रकाशको ‘ऐना’ आजदेखि हेर्न पाइने
  • आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved