काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र उज्ववल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दलबीच आज एकता भएको छ । नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी सो एकता गरिएको हो ।


ADVERTISEMENT


एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी रहेको छ भने चुनाव चिन्ह तराजु राखिएको छ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व गर्नेछन् । दुबैलाई सहसंयोजक पद दिइएको छ । तर पार्टीका सबै बैठकको अध्यक्षता भने रविन्द्र मिश्रले गर्न भएका छन् । पार्टीको महाअधिवेशन पछि नेतृत्व बदलिने बताइएको छ । यस्तै पार्टीमा केन्द्रिय सदस्य ५१ जना रहने छन् । अहिले साझा र विवेकशीलबाट १७/१७ जना मात्रै चयन भएकोले बाँकी पछि मनोनयन हुनेछन् ।


ADVERTISEMENT

# # #


पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । तर, एकीकृत पार्टीलाई विवेकशीलका उज्ववल थापाले नेतृत्व गर्ने कि साझा पार्टीका रविन्द्र मिश्रले भन्नेमा कुरा मिलेको थिएन । अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएको छ ।