भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरल विभिन्न जिल्लाका स्थानहरुबाट चोरी गरी फरार रहेकाहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बुधबार प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा ११ जनालाई सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


भक्तपुरका बिभिन्न स्थानमा दिउँसोको समयमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेका २९ वर्षिय वाङदेन तामाङ, २२ वर्षिय सुमन लामा र मोरङका २३ वर्षिय सन्तोष बिक र बैभव बापुसो भोसलेलगायत छन ।

उनीहरुको साथबाट प्रहरीले सुनका गरगहना १६ तोला, सुनको १ थान सिक्का, चाँदीका टुक्रा ४२ तोला र १९ लाख रुपैयाँ तथा २५ हजार भारु बरामद गरेको छ ।