काठमाडौं-सरकारको अकर्मण्यताका कारण सवारी चाचलक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् । लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।


ADVERTISEMENT


नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो । देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ नवीकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ ।


ADVERTISEMENT

# # #


स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड मात्र प्रिन्ट गर्ने क्षमता छ ।

त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन । सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।-आजको कारोबारबाट