काठमाडौँ – गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी नारायण प्रसाद भट्टराईले पाएका छन् । यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि प्रवक्ताविहीन बनेको मन्त्रालयमा भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका उनलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको पनि जिम्मेवारी दिइएको छ ।


ADVERTISEMENT

# # #