काठमाण्डौं-नवलपुर र दाङमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिकामा ११ लोकाहा पुल नजिकै लु ३६ प ५९७४ नंबरको मोटरसाइकल रोकिराखेको ना ४ ख ८६२२ नंबरको ट्रकमा बुधवार राति करिब १० बजे ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक हरीप्रसाद भुसालका अनुसार मृत्यु हुनेहरुमा साविक शिवमन्दिर ६ कावासोतीका अन्दाजी २५ वर्षीय रोशन ठाडामगर र ठेगाना नखुलेका रत्नबहादुर आले छन् । मगरले बोकेको सवारी चालक अनुमति पत्र र आलेसँग रहेको ब्लुबुकको आधारमा उनीहरुको पहिचान गरिएको हो ।


ADVERTISEMENT

# # #


यसैगरी दाङको घोराही-लमही सडकखण्डको झिंगनीमा रा २ त १२८२ नम्बरको रोकिराखेको ट्याक्टरमा ना ३ त ११८६ नम्बरको जिप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक घोराही उपमहानगरपालिका ३ बस्ने ३२ वर्षीय कलवीर चौधरी र जीपमा सवार घोराही १३ का १२ वर्षीय अर्पण चौधरी रहेका छन् ।