काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक संस्थालई सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


बैंकले भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठान — सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवम्ं वृृद्धाश्रमलाई सहयोग प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


जस अन्तर्गत एक समारोहका बीच बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले १२ हजार थान बहिरङ्ग दर्ता किताब प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दात्ताहरुको सहयोगमा सञ्चालित यस प्रतिष्ठानले अस्पतालका साथै वृृद्धाश्रम समेत सञ्चालन गरिरहेको छ ।