काठमाडौँ – प्रहरीले बैँकिङ कसुरमा सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.–७ घर भहाल काठमाडौँको महाराजगञ्ज बस्ने सुजन तामाङ रहेका छन् ।


ADVERTISEMENT


केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरीको विशेष टोलीले तामाङलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहका अनुसार पक्राउ परेका तामाङले आफ्नो खातामा रकम नहुँदा पनि एक व्यक्तिलाई ग्लोबल आई.एम.ई बैंकको चेक दिएका थिए ।


ADVERTISEMENT

# # #


उक्त मुद्दामा गत पुस ९ गते उच्च अदालत पाटनले फैसला गर्दै तामाङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ८ दिन कैद र २० लाख रुपैंया जरिवाना ठहर गरेको थियो । फेसलापछि फरार रहेका उनलाई सोमबार महाराजगञ्जबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डीआईजी सिंहले जानकारी दिएका छन् ।

पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोले जनाएको छ ।