काठमाडौँ– देशकै उत्कृष्ट बैंकहरु मध्ये एक रहेको एनआईसि बैंक कोभिड–१९ बाट सृजित असहज परिस्थितिमा समेत आफ्नो आर्थिक वृद्वि गर्न सफल भएको छ ।


ADVERTISEMENT


बिहिवार बैंक २४ औं वार्षिकोत्सवको सु–अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले बैंकले कर्जातर्फ ५२ प्रतिशत(रु. ८८ अर्ब ९६ करोड) र निक्षेपतर्फ ४२ प्रतिशत (८८ अर्ब ९६ करोड) आर्थिक वृद्धिदर प्राप्त गर्न सफल भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, बैंकले हासिल गरेको सो वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै अर्थाेन्नति हो । बैंक गत आ.व. २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न हामी सफल भएको हो ।

अधिकृत पाण्डेले बैंकको २३ औं वर्षको सफल कार्यकालको निम्ति अतुलनीय योगदान पुर्‍याउने भन्दै सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत अन्य सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहीत प्रकट गरेका छन् । यस्तै, भविष्यमा अझै उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्दै  सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी तथा सबैको पहिलो रोजाइ बन्न मन, वचन र कर्मले सदा सर्वदा लागिपर्ने बैंकको संकल्प छ ।

मुलुकभर ३ सय ५६ शाखा विस्तार गरिसकेको एनआईसिले वार्षिकोत्सव अवसरमा ग्राहकमाझ क्यासब्याक योजना समेत ल्याएको छ । जस अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पिओएस तथा ई–कमर्स मा भुक्तानी गर्दा तथा एन आई सी एशिया मो-बैंक मार्फत QR स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसका लागि श्रावण ७ गते कार्ड वा एन आई सी एशिया मो–बैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले सो सुविधा प्राप्त गर्नेछन् ।

हालसम्ममा बैंकले २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवम् ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ ।