मकवानपुर– गएराति भीमफेदी गाउँपालिकाको गोलमोडमा सुमो दुर्घटना परी एक जनाको मृत्यु भएको छ । हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा परेर सुमोमा सवार नौ जना घाइते भएको छन् भने, तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरकोे टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका २ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गए राति हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा वीरगञ्ज १३ का ३० वर्षीय मनोज साह, उनकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई १० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी ७ का ३२ वर्षीय मधुकर यादव रहेका छन् ।

उनीहरूको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा सामान्य घाइते भएका घर गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यही माघ १० गतेदेखि हेटौँडा–काठमाडौँ चल्ने छोटो मार्ग भीमफेदी–कुलेखानी स्तरोन्नति भइरहेकाले बन्द रहेका कारण सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् । रासस