सर्लाही– पूर्वपश्चिम लोकमार्गअन्तर्गत हरिवनमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । बसमा सवार अन्य १९ जना भने सामान्य घाइते भएका छन् ।


ADVERTISEMENT


पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको ज्यान गएको र अर्कालाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैं अनियन्त्रित भई दुर्घटना भएको बस रोडदेखि १० मिटर तल पल्टिँएको थियो ।


ADVERTISEMENT

# # #


चालकसहित पाँच जना सवार यात्रुको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई उपचारका लागि न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । अन्य तीन जनाको भने नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ । आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया की रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिइन् ।

उक्त यात्रुबसमा सवार बाँकी ११ जना भने सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ । रासस