काठमाडौँ – नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा एक वर्षमा साढे एक अर्ब रुपैयाँ वचत भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा पेट्रोलियम पदार्थ आपूर्तिमा भएको ढुवानी खर्च अघिल्लो आर्थिक वर्षभन्दा एक अर्ब ४७ करोडले कम हो ।


ADVERTISEMENT


इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत आपूर्ति गर्न थालेपछि ढुवानी खर्च घटेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।


ADVERTISEMENT

# # #


पौडेलले जिम्मेवारी पाएपछि लामो समयदेखि घाटामा रहेको निगममा सुधार हुँदै गएको  छ । विगत ५ वर्षको तथ्यांकलाई हेर्दा शुरुका तीन वर्ष निगमको नाफा घट्दै गएकोमा पौडेल आएपछि चौथौँ वर्ष नाफा बढेको थियो । निगमले आव २०७२/०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।