काठमाडौँ – रिलायन्स लाइफ इन्सोरेन्सले आजबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले ६३ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।


ADVERTISEMENT


कम्पनीले १०० अंकित दरको कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि र त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
सरकारले बिहीवारदेखि नै काठमाडौँ उपत्यकामा निशेधाज्ञा जारी गरेकोमा लगानीकर्ताले अनलाइनमार्फत मेरो शेयरको सफ्टवेयरबाट आईपीओ भर्न सक्ने जानकारी कम्पनीले दिएको छ ।


ADVERTISEMENT

# # #