वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार १४ महिलासहित ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका ४५ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिका, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा हुन् । संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीसमेत रहेका छन् ।


ADVERTISEMENT

# # #