काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना संक्रमितकाे संख्या ५ लाख नाघेको छ । दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले देशमा अहिले कोरोना संक्रमणको संख्या ५ लाखभन्दा बढी भइसकेको बताएका छन् ।


ADVERTISEMENT


बीबीसीका अनुसार दक्षिण अफ्रिका अब अमेरिका, ब्राजिल, भारत र रसिया पछाडि कोरोना संक्रमित धेरै हुने देशको सूचिमा पाँचौ स्थानमा पुगेको छ । सम्पूर्ण अफ्रिकी महादेशमा कोरोना संक्रमणको आधाभन्दा बढी संक्रमित दक्षिण अफ्रिकामा मात्र छन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य अधिकारीका अनुसार दक्षिण अफ्रिकामा  संक्रमणको दर द्रुत गतिमा बृद्धि भइरहेको छ । राजधानी प्रेटोरिया वरपरका क्षेत्रहरू संक्रमणको केन्द्रमा रहेको बीबीसीले जनाएको छ । संक्रमित थपिँदै जाँदा स्वास्थ्य संस्थाले दबाब महसुस गरिरहेको र स्थानीय अस्पतालहरूको अवस्था चिन्ताजनक छ ।

दक्षिण अफ्रिकाले अप्रिल र मे महिनामा कोरोना फैलिनबाट जोगिन कडा लकडाउन जारी गरेको थियो ।