काठमाडौँ — कोरोना संक्रमणबाट देशभर २६ जिल्लामा मृत्यु देखिएको छ । सबैभन्दा बढी काठमाडौं र कैलालीमा ४/४ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म भएका कुल ४५ मृत्युका घटनामा ३६ पुरुष (३४ वयस्क र २ बालक) र ९ महिला (८ वयस्क १ बालिका) छन् ।


ADVERTISEMENT


एक जना चिनियाँ महिलाको समेत मृत्यु भएको छ । प्रदेशगत हिसाबले वाग्मती र प्रदेश ५ मा सबैभन्दा बढी १०/१० जनाले ज्यान गुमाएका छन् । हालसम्म प्रदेश १ मा संक्रमणबाट कसैको मृत्यु भएको छैन ।


ADVERTISEMENT

# # #


वाग्मती प्रदेशमा ९०७ संक्रमितमध्ये १० जनाको मृत्यु हुँदा मृत्युदर १.१० प्रतिशत देखिएको छ । मुलुकभरकै मृत्युदर भने ०.२४ प्रतिशत छ । वाग्मतीमा जति नै मृत्यु भएको प्रदेश ५ मा मृत्युदर ०.२४ प्रतिशत छ, त्यहाँ ४ हजार २३४ संक्रमित छन् । सबैभन्दा कम मृत्युदर सुदूरपश्चिम प्रदेशमा छ ।

४ हजार १८५ संक्रमितमध्ये ६ जनाको मृत्यु हुँदा मृत्युदर ०.१४ प्रतिशत रहेको छ । कोरोनाबाट ५० वर्षमुनिका कुल संक्रमित १७ हजार ३८८ मध्ये २६ जनाले ज्यान गुमाएका छन् । ५० वर्षमाथिका ९८६ संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु ४१ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका ११ जना र ५१ देखि ६० वर्ष उमेर समूहका १० गरी २१ जनाको मृत्यु भएको हो ।