काठमाडौं –  शुक्रबार विश्वमा कोरोना संक्रमणका कारण ९ हजार ७५३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या बिहीबारको तुलनामा झण्डै तीन हजार धेरै हो ।


ADVERTISEMENT


बिहीबार ७ हजार ९७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख २८ हजार ९०३ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ५२ लाख ९६ हजार ९२६ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

दक्षिण अफ्रिकामा मात्रै दैनिक १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिरहेका छन् । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्दै गएको छ ।