विराटनगर –  विराटनगर महानगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । खण्डग्रास सूर्यग्रहणको कारण महानगरपालिकाले मातहतका निकायमा विदा दिने निर्णय गरेको हो ।  महानगर कार्यालय तथा वडा कार्यालयहरुमा सार्वजनिक विदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पराजुलीले जानकारी दिएका छन् । सूर्यग्रहण भए पनि विराटनगर क्षेत्रका बैंक तथा वित्तीय संस्था भने खुल्ने भएका छन् ।


ADVERTISEMENT