काठमाडौँ – नेपालमा थप  कर्णाली प्रदेशको मुगुमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मुगुको खत्याड गाउँपालिका–२ का २७ वर्षीय एक जना पुरुषमा कोरोना देखिएको हो । उनको जुम्लास्थित कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।


ADVERTISEMENT

# # #


६५ जिल्लामा फैलियो संक्रमण

मुगुमामा पहिलो पटक पुष्टि भएसँगैभएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का १२ जिल्लामा संक्रमण फैलिँदा १९७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका ९६३ जना (एकको मृत्यु), बाग्मती प्रदेशका ५९ जिल्लामा ४६ जना (तीनको मृत्यु), गण्डकी प्रदेशका ७ जिल्लामा ५३ जना, प्रदेश नं. ५ का ११ जिल्लामा ८९८ जना (चारको मृत्यु), कर्णाली प्रदेश ६ जिल्लामा ३८३ जना (एकको मृत्यु) र सुदूरपश्चिम प्रदेशका सबै (९) जिल्लामा ८१ जना (एकको मृत्यु) संक्रमित रहेका छन् ।

यसरी नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । जसमध्ये ६५ जिल्लाका पुरुष २४५० र महिला १८४ जना रहेका छन् । आजै थप ३३४ जनामा कोरोना पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये २९० उपचारपछि निको भएर घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ । आजमात्रै पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।