काठमाडौँ – प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् ।
उनीहरुले तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको बा ६३ प ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेका थिए ।
महानगरीय प्रहरी वृत्त बालाजुले बिहिबार विहान उनीहरुलाई पक्राउ गरेको वृतका प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।