काठमाडौँ – सरकारले आगामी एक वर्षभित्र विद्युत् उत्पादन दोब्बर बनाउने भएको छ ।
बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । यस्तै उनले आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सरकारले लिएको जनाएका छन् ।
बजेटसम्बन्धी थप समाचार :
आगामी आर्थिक वर्षका लागि सरकारको बजेट प्रस्तुत हुँदै (LIVE)