विराटनगर – प्रदेश नम्बर १ प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको हो। बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय पनि राख्ने निर्णय गरेको छ।
संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
मंगलबार मात्र लामो समयदेखि अन्योलपूर्ण अवस्थामा रहेको प्रदेश १ को राजधानी र नामको विषय टुँगो लगाउन बाटोसमेत खुलेको छ। तर, प्रदेशको नाम र राजधानीका विषयमा विभिन्न किसिमका मतभेद रहँदै आएका छन् ।