बनियानी, झापा- झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन् ।
अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गरे।
यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले पाँच हजार ७७४ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटम् प्रतिद्वन्द्वी काँग्रेसकी गीता खरेल ओडारीले पाँच हजार ७७ मत प्राप्त गरिन् ।
त्यस्तै, सो गाउँपालिकाको वडा नं १, ३, ५ को वडाध्यक्षमा राप्रपाकै क्रमशः लक्ष्मी यादव ८६०, विजयकुमार राजवंशी ८७७ र महेशलाल गशेणले ८३७ मत प्राप्त गरी विजयी भएका हुन् ।
यसैगरी वडा नं २ र ६ को वडाध्यक्षमा एमालेका क्रमशः मेखबहादुर भट्टराई ६७९ र कुलबहादुर कार्कीले ९८९ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं।४ र ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः परमानन्दसिंह राजवंशीले ७८७ र भरत राजवंशीले ६९५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिए ।
कुल २५ हजार ७४९ मतदाता रहेको सो गाउँपालिकामा १९ हजार ५०१ जनाले मतदान गरेका थिए ।