काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वराजा शाहले आफुलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख गर्दै नेपाल नै सवैको मनमा भए नेपाली हुनसक्ने जिकिर गरे । पूर्वराजा शाहले अहिले वर्षाको समयमा बाढीपहिरो र डुबानको जोखिम रहेकाले सतर्क भएर बस्न आग्रह गरे ।

‘अहिले वर्षाको समय हो । यसबेला बाढी पहिरो, डुबान हुन्छ । पानीजन्य बिमारीहरु पनि हुन्छ । त्यसैले सबैलाई सतर्क रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’ उनले भने, ‘यो समय नेपाल र नेपालीका लागि प्राथना गर्ने समय हो । हेर्नुस्, हामी जन्मेर मात्रै नेपाली हुने होइन, नेपालै हामीभित्र हुनुपर्छ । अनि हामी नेवाली हुन्छौँ ।’

 पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवासमा शुभेच्छुकको ठूलो भीड लागेको थियो ।