काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले २०८१ चैत्र ७ गतेदेखि सुरु भएको एसईई परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यसपटकको परीक्षामा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ७१ हजार २९९ जना विद्यार्थी जीपीए ग्रेडेड भएका छन् भने १ लाख ६७ हजार ५९७ जना ननग्रेडेड भएका छन् । यसरी कूल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेडेड भएका छन् । सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र प्रयोगात्मक परीक्षामा ४० प्रतिशत अंक नल्याउने विद्यार्थीलाई ननग्रेडेड भनिन्छ ।


ADVERTISEMENT

# # #


जसमध्ये ३.६–४ जीपीए ल्याउने ४८ हजार १७७ विद्यार्थी रहेका छन् । यस्तै ३.२–३.६ जीपीए ल्याउने ८१ हजार ३८५, २.८-३.२ जीपीएसम्म ल्याउने ८९ हजार १२४ जना तथा २.४–२.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २.०–२.४ जीपीएसम्म ल्याउने ४ हजार १२६ जना, र १.६–२.० जीपीए ल्याउने विद्यार्थी ८ जना रहेका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । प्रदेशगत हिसाबले कूल विद्यार्थीमध्ये कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेश प्रदेशमा ५९ हजार ७४९, बागमर्ती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकीमा ४७ हजार ८४९ जना, लुम्बिनीमा ५७ हजार ६८७ जना, कर्णालीमा ४६ हजार ४५५ जना र सुदूरपश्चिममा ५९ हजार ८०४ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

सबै भन्दा बढी गणितमा ननड्रेडेड

यसपटकको एसईई परीक्षामा गणि विषय विद्यार्थीलाई गाह्रो परेको देखिन्छ । जस अनुसार सबैभन्दा बढी गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेड भएका छन् । यस्तै अंग्रेजीमा ८० हजार ६७२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

नेपालीमा ५४ हजार ७३५ जना, विज्ञान र प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थी ननग्रेडेट भएका छन् भने सामाजिक अध्ययनमा ५३ हजार १८६ विद्यार्थी, अर्थशास्त्रमा ४२ हजार १५० जना, अतिरिक्त गणितमा १८ हजार २२२ जना ननग्रेडेड भएका छन् ।

नतिजा अनुसार उत्तीर्ण हुने विद्यार्थीको संख्या गत वर्षभन्दा केही बढेको बोर्डका अध्यक्ष शर्माले बताए । बोर्डका अध्यक्ष शर्माका अनुसार साउन २९ गतेदेखि ग्रेडवृद्धि परीक्षा तोकिएको छ । यसपटक पनि सबै विषयमा ग्रेड वृद्धिको लागि परीक्षा दिन पाउने छन् ।