काठमाडौं — प्रतिनिधि सभाको आजको बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पनि बाहिरिएका छन्।
बैठक सुरु हुनासाथ राप्रपा र रास्वपाका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले अस्वीकार गरे।
सभामुखले मन्त्रालयगत बजेटमाथिको छलफल अगाडि बढाउने जानकारी गराउँदै बैठक सञ्चालन जारी राखे। तर, त्यसक्रममा राप्रपा र रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन्।
उक्त अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी गराएका छन्।