काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।


ADVERTISEMENT


सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपाका सांसदहरू आ–आफ्नो स्थानबाट उभिएर विरोध जनाएका थिए। उनीहरूले सरकारको ध्यानाकर्षण गराउने प्रयासस्वरूप सदन अवरुद्ध गरेका हुन् ।


ADVERTISEMENT

# # #


अवरोधका कारण आजका लागि तय गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी गराएका छन् ।