काठमाडौँ – सुनचाँदी व्यवसायीले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ ।


ADVERTISEMENT


राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले नगदसरहको मान्यता दिएको सुनचाँदी गहनालाई विलासिताको रुपमा परिभाषित गरेर कर लगाउने काम भएको भन्दै बजेटमा रहेको व्यवस्था फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । अहिले काठमाडौंमा सुनचाँदी पसल बन्द गरेर आन्दोलनमा होमिएको भन्दै उनले आवश्यक परे देशभर पसल बन्द गर्ने चेतावनी दिए ।


ADVERTISEMENT

# # #


उनले सरकारको नयाँ नीतिले उपभोक्तालाई दुख दिने र व्यवसायीहरुलाई अल्झाउने काम गरेको गुनासो गरे । शाक्यले आन्दोलन गर्ने आफूहरुको स्वभाव नभए पनि सरकारको नीतिले बाध्य भएर आन्दोलन गर्नुपरेको जिकिर गरे ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुन तथा सुनको गरगहनामा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था र २ प्रतिशत विलासिता दस्तुर लगाउने निर्णय उचित नभएको बताए । हाल साविकमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल घटाइ ६ प्रतिशत गर्नुपर्ने र सुनको आयातमा कोटा प्रणाली खारेज गरी खुला र समानुपातिक प्रणालीबाट सुनको आयात तथा बिक्रि वितरण गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।