काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेर हद फेल खाइसकेको बताएका छन् ।


ADVERTISEMENT


अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहका पहिलो वक्ता विश्वकान्त मैनालीले ७० काटेर राजनीतिबाट सन्यास लिएको भनेपछि ओलीले अब त्यो फेल भइसकेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन रु ४ वर्ष घटाउन भएन क्यारे उमेर,’ ओलीले भने । उमेरले भन्दा पनि स्वास्थ्य र कार्यक्षमताले हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा रहेकोमा उनले जोड दिए ।

उनले थपे, ‘विश्वकान्तजीले भन्नुभयो उहाँ अलि बुढो पनि हुनुभयो । अब एमालेमा ७० वर्ष उमेर फेल खाइसक्यो । म ७४ मा छु अब ४ वर्षअघि फर्किने कुरा भएन, ७० मा रिटायर्ड फेल खाएन त ? चीनमा २ पटकमात्र महासचिव र राष्ट्रपति बन्ने व्यवस्था थियो त्यो सी जिनपिङको पालामा निरन्तरताको आवश्यकता देखेपछि हटाइयो । उहाँ अहिले ७२ वर्ष भइसक्नुभयो । त्यहाँ ६५ वर्ष भनेको थियो, साइप्रसको कम्युनिस्ट पार्टीले पनि ६५ वर्ष उमेर हटायो । अब यसमा पार्टीेले आफ्नो आवश्यकता आधारमा निर्णय लिन्छ ।’

उनले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको जिकिर गर्दै आवश्यकतावश् हटाइएको जिकीर गरे । ‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं । उमेर पुगेर बितेर जानुभयो । हामीले हटाएनौं’, उनले भने ।