काठमाडौँ – जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल मोडीफाई गरी होहल्ला मच्चाउने मोटरसाईकल चालकहरूलाई कारवाही अभियान तीव्र पारेको छ ।
बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले १ महिनाका अबधीमा ६६ वटा मोडीफाई गरी चलाउने चालक मोटरसाईकल नियन्त्रणमा लिएर जरीवाना र सचेतना प्रदान गरी छाडीएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक गोबिन्द पुरीले बताए ।
उक्त मोटरसाईकल चालक वाट ७ लाख ६८ हजार रूपैया जरीवाना असुल गरेको उनले बताए । प्रहरी उपरिक्षक पुरीले जिल्लामा प्रहरी शान्ती सुरक्षा कायम गर्ने सिलसिलामा २८ बर्ष ८ महिना कैद सजाय र १० लाख ३७ हजार जरीवाना भएका १ सय ३० जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थिति गराएको जानकारी दिए ।
प्रहरी उपरिक्षक पुरीले चितवन प्रहरीले विपद् प्रतिकार्य योजना तथा थप जनशक्ति परिचालन उद्दार एव राहत राहत सामग्री व्यबस्थापन प्रहरी समुदाय साझेदारी कार्यक्रम र आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै शाखा बनाउने योजना रहेको बताए ।