काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई २२६ रनको चुनौती दिएको छ ।
स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनाएको हो ।
नेदरल्याण्डका लागि नोह क्रोसले सर्वाधिक ४८ रन बनाए । ५५ बल खेलेका उनले ५ चौका प्रहार गरे । यस्तै कप्तान स्कट इडवार्डने सर्वाधिक ४६ रन हाने । त्यसक्रमा उनले ७१ बलमा ४ चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले ३८, ज्याक लायन क्याचेटले २७ तथा रोयल्फ भान देर मर्भील २० रन हाने ।
नेदरल्याण्डविरुद्ध नेपालको बलिङ राम्रो रह्यो । नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । त्यसक्रममा उनले ९.१ ओभरमा ४८ रन खर्चिए । यस्तै ललित राजवंशी, करण केसी र सन्दीप लामिछानेले सर्वाधिक २–२ विकेट लिए । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
८ राष्ट्र सहभागी लिग–२ मा नेपाल कमजोर अवस्थामा रहेको छ । हालसम्म १३ खेल खेलेको नेपालले ३ खेलमा मात्रै जित हात पारेको छ भने ८ खेलमा हार व्यहोरेको छ । यस्तै २ खेल अनिर्णित हुँदा र ८ अंकसहित अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । यता १७ खेल खेलेको स्कटल्याण्ड ९ जित ६ हार र २ अनिर्णितसहित २० अंकका साथ चौथो स्थानमा रहेको छ ।
यस्तै नेदरल्याण्डले २० खेलमा १२ जित, ६ हार र २ अनिर्णितसहित २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० खेलमा १४ जित र ६ हारसहित २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।