काठमाडौँ – राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत रहेका राजावादी नेताहरूलाई आन्दोलन नरोकेसम्म व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) नपाउने भएका छन् ।


ADVERTISEMENT


मन्त्री लेखकले आन्दोलनरत व्यक्तिहरूका कारण सार्वजनिक सुरक्षामा चुनौती आएको उल्लेख गर्दै, आन्दोलन रोकिएपछि मात्रै सुरक्षाकर्मी पुनः खटाइने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, आन्दोलनका क्रममा सार्वजनिक ठाउँमा सुरक्षा चुनौती बढेपछि व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई त्यतातर्फ खटाउनुपर्ने बाध्यता भएको हो। केही समयअघि राप्रपाका नेताहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता गरिएका थिए।

मन्त्री लेखकले गणतन्त्र, संघीयता र लोकतन्त्र नेपालको संविधानका आधारभूत संरचना भएको उल्लेख गर्दै, यसविरुद्ध हुने कुनै पनि प्रयासलाई सरकार सहन नहुने चेतावनी दिए। संविधान उल्ट्याउने वा गणतन्त्र फाल्ने प्रयत्न व्यर्थ हुने भन्दै उनले आन्दोलनकारीहरूलाई यस्तो बाटो नअपनाउन आग्रहसमेत गरे।

सरकारले आन्दोलनलाई कारण देखाउँदै केही समयअघि राप्रपाका वरिष्ठ नेताहरूका अंगरक्षक फिर्ता बोलाएको थियो।