काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स–सम्मान रिहा नगरे भोलिदेखि आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौँको नक्सालमा राजावादीको प्रदर्शनका क्रममा पक्राउ परेका थापालाई जहाँबाट पक्राउ गरिएको हो त्यहीँ छोड्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


थापालाई रिहा नगरे भोलिदेखि काठमाडौँ उपत्यका समेत बन्द गर्ने चेतावनी दिए । ‘कमल थापालाई यहीँ ल्याइदिनुस् । होइन भने हामी देशभरबाट साथीहरु बोलाउँछौँ । खास लडाईं भोलिबाट सुरु हुन्छ ।’ उनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’

आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिँदै उनले थपे, ‘अब हामी एक ठाउँबाट होइन, ५० ठाउँबाट भेला भएर निस्किन्छौँ । कहाँ रोक्नुहुन्छ तपाईंहरु ?’

आइतबार नक्सालमा प्रदर्शनका क्रममा राजावादीहरु निषेधित क्षेत्र बालुवाटारमा प्रवेश गर्न खोजेपछि प्रहरीले कमल थापासहितका नेताहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।