हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलाडीको मनोबल बढाउन बागमती प्रदेश खेलकुदमन्त्री मीनकृष्ण महर्जनले कुनै कसर बाँकी नराखेको बताएका छन् ।


ADVERTISEMENT


पहिलो पटक आयोजित प्रथम बागमती प्रदेश खेलकुद अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले मनत्री महर्जनले खेलाडीहरुलाई निरन्तर प्रात्साहन दिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यस्ता गतिविधिले खेल क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै उनले अवार्ड कार्यक्रमले पनि खेलाडीहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठ खेलाडीहरूको हौसला, मनोबल र प्रोत्साहनलाई अझ सशक्त बनाउन प्रतिबद्ध भई लागि परेको बताउदैँ उनले भने, ‘आ–आफ्नो विधामा इज्जत र प्रतिष्ठा खोज्ने समयमा खेलाडीलाई गरिएको यस्तो सम्मान प्रशंसनीय छ’, उनले भने, ‘गणतन्त्र र समावेशी शासन प्रणालीभित्र खेलाडीको वास्तविक पहिचान उजागर गर्दै, समाजमा उनीहरूलाई प्रेरणाको स्रोत बनाउने कार्य प्रदेश सरकारको उल्लेखनीय उपलब्धि हो।’

सभापति बानियाँले खेलकुद मन्त्री महर्जन र सदस्य–सचिवको चयनप्रति समेत सन्तोष व्यक्त गर्दै, मुख्यमन्त्रीलाई धन्यवाद दिएका थिए। उनले प्रदेश अन्तर्गतका खेलाडीहरूलाई प्रदेशको गौरवका रूपमा चिनाउन गरिएको प्रयासलाई ‘अद्भुत’ भन्दै प्रशंसा गरे।

समारोहमा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा संघ–संस्थालाई सम्मान गरिएको थियो।