काठमाडौँ– प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।


ADVERTISEMENT


सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ती विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।


ADVERTISEMENT

# # #


बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सुनाएका थिए ।