काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारणा माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै चौधरीले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने भन्दै जवाफ नआए आफूहरु सरकार छाड्न बाध्य हुने चेतावनी दिए ।
उहाले फर्जि पत्रका आधारमा रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार कारागार पुराइएको उल्लेख गरे । सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको अवस्थामा सरकारले यस बिषयमा सदनमा आएर जवाफ दिनुपर्ने उनले बताए ।
गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रमअघि सर्वोच्चको पत्रको आधारमा रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पुराइएको थियो । त्यसको करिव पाँच घण्टापछि सर्वोच्चले उक्त पत्र फर्जी रहेको भनी अर्को पत्र पठाएसंगै चौधरी रिहा भएका थिए ।