काठमाडौँ – एन.आई.सी. एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश अन्तर्गत बेथरी र पडसरी शाखाको आयोजनामा वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ नगर नगरपालिका–४ दोगहरा रूपन्देही भैरहवाको समुदायिक भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बेथरी शाखाका शाखा प्रमुख अमित खम्चाको अध्यक्षतामा सुरू भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाबाट नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा उप प्रदेश कार्यालय बेथरीका अनुगमन अधिकृत आनन्द मणि त्रिपाठी, गारकट्टा उप प्रदेशका अनुगमन अधिकृत राजु कुमार दास बनिया र रामापुर उप प्रदेशका अनुगमन अधिकृत विवेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा शाखा कार्यालय बेथरी र पडसरीमा आबद्ध सदस्य तथा अभिभावकहरु गरी ८० जनालाई संस्थाले प्रदान गरेको सेवा सुविधा, वित्तीय साक्षरता, पारिवारिक बजेट, लघुवित्तको महत्त्व, हाल लघुवित्तमा देखिएका समस्या र सोको समाधानका उपायहरू माथि छलफल गरिएको छ ।
आगामी दिनदेखि नियमित किस्ता, बचत गरी केन्द्र बैठकमा उपस्थित हुने कुरामा प्रष्ट पार्नुका साथै सदस्यको गुनासो सुनुवाइ सम्बन्धी आएका गुनासो तथा सुझाव लाई सम्बोधन गरी समापन गरिएको थियो ।