काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबीच संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।