काठमाडौँ–  गृहमन्त्री रमेश लेखकले स्टाफ कलेजमा पढाइ हुने कार्सले प्रहरीमा असल नेतृत्व निर्माण र सङ्गठनलाई असल नेतृत्व प्रदान गर्ने बताएका छन् ।


ADVERTISEMENT


आज बिहान काठमाडौँमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेजले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

“आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन हो । राष्ट्र सेवामा समर्पित प्रहरीले गर्दै आएको काममा एउटा थप राम्रो काम भएको छ”, गृहमन्त्री लेखकले भने, “यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादी छु ।”


ADVERTISEMENT

# # #


गृहमन्त्री लेखकले कलेजबाट प्रहरीमा व्यवसायिकता, प्रतिबद्धता, इमान्दारिता र कामप्रति समर्पित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुने बताए ।

विसं २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागू गरिएको प्रहरीले जनाएको छ । उक्त ब्याचबाट १७ जना उत्तीर्ण भएका थिए ।

प्रहरी सेवालाई आधुनिकीकरण, नेतृत्व क्षमताको विकास र अधिकृतलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउन स्टाफ कलेज कार्स एक रणनीतिक कदम भएको जनाइएको छ ।