झापा– सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा बिर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन्।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिएका हुन्।


ADVERTISEMENT

# # #


खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उनको भनाइ छ। खनालले बिसं। २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु। दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए। वि.सं.२०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष टकप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए।

पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन्। सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए।

झापा जिल्ला अदालतबाट बि।सं। २०७९ मङ्सिर १४ गते उक्त मुद्धाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो। खनालकी बहिनी बिर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका(८ निवासी अनन्त जीवन लुइँटेल पक्राउ परेका थिए।