काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसका नेता स्वर्गीय चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण गरेका छन् ।


ADVERTISEMENT


कांग्रेस जिल्ला कार्यसमिति गोरखाले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच देउवाले स्वर्गीय न्यौपानेको स्मृति ग्रन्थ लोकार्पण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा सभापति देउवाले स्वर्गीय न्यौपानेले पार्टी र देशका लागि गर्नुभएको योगदानको चर्चा गरेका थिए । लोकतन्त्रको सवलीकरणका लागि पार्टीले आह्वान गरेको पटक पटकको आन्दोलनमा सहभागी भइ न्यौपानेले जेल जिवन समेत बिताउनुभएको देउवाले स्मरण गरे ।

कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको एक वर्षअघि ८२ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । न्यौपाने २०४८ सालमा जिल्ला विकास समिति गोरखाको सभापति भएका थिए । २०१७ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय उनले २०४६ सालको आन्दोलनमा गोरखाको नेतृत्व समेत गरेका थिए ।