काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको अन्त्येष्टि गरिएको छ ।
मंगलबार उपचारका क्रममा निधन भएका सांसद बोहराको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि पशुपति आर्यघाटमा कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, विभिन्न दलका नेता लगाएत पुगेर बोहरालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने पार्टी बोहराको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाइएको थियो ।
मंगलबार बोहराको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको थियो । दीपक बोहराको जन्म वि.स २००७ चैत १८ मा भएको थियो ।