काठमाडौं – आर्थिक संकटको जटिलताले देश खोक्रो बनिरहेको छ । विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी गर्ने संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)ले नेपाललाई आर्थिक रूपमा जोखिमको सूचीमा राखिसकेको छ ।


ADVERTISEMENT


यो राष्ट्रिय रोगको कारणमा बिचौलियाका रूपमा चर्चित पात्रहरू दिपक भट्ट र शुलभ अग्रवालको अस्वभाविक चलखेल रहेको निष्कर्ष निकालिएको छ ।


ADVERTISEMENT

# # #


वाणिज्य बैंकका कारोबारको सन्दर्भमा एफएटीएफका अधिकारीहरूले भट्ट र अग्रवालले विभिन्न कम्पनीहरूमा गरेको अवैध लगानीको स्रोतबारे कुरा उठाउँदै राज्यसत्तालाई दुरूपयोग गर्ने चलखेल नरोकिए मुलुक गम्भीर संकटमा फस्ने भन्दै सचेत गराएका हुन् ।

धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष र बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति, राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भईरहेको चलखेल, अर्थ सचिवको सरुवा लगायतका खुलेआम हस्तक्षेपहरूमा सरकारको पक्षपोषण नै हुनु लगायतका दर्जनौँ घटनाक्रमहरूबाट देश गम्भीर संकटको दलदलमा परिरहेको ज्वलन्त उदाहरण पेश भएको आर्थिक ईन्टिलिजेन्सको गोप्य स्रोतबाट सूचना प्राप्त भएको छ ।

भट्ट र अग्रवाल लगायतहरूका शंकास्पद कारोबारप्रति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आँखा चिम्लाई समेत देश कालोसूचिमा पर्ने अबस्थाको कारण रहेको औँल्याईएको छ ।

‘नेपाल ग्रे’ लिष्टमा पर्नुअघि नै एफएटिएफले सचेत समेत गराएको थियो । यद्दपी अस्वभाविक, आर्थिक रूपमा गैरकानूनी कारोबार तथा लगानी र विधि पद्दती, योग्यता, क्षमता र प्राकृतिक रूपमा भन्दा पनि राज्यलाई नै निरीह बनाउँदै खुलेआम आर्थिक चलखेलबाट सिँगो देशै कब्जा गर्न खोज्ने प्रवृत्ति बन्द नभए देश टाट पल्टिने र राज्य सँयन्त्र कमजोर बन्दै सरकारको काबु भन्दा बाहिर मुलुक पुग्ने खतरा बढेका भन्दै सचेत गराईएको छ ।

असान्दर्भिक पात्रहरूको राज्यसत्तामा अस्वभाविक हालिमुहालीबाट देश झन झन दलदलमा फसेको भन्दै यसको अन्तर्राष्ट्रिय रूपमा चिन्ता व्यक्त भएको छ । यसबाट छिमेकी देश लगायत शक्ति राष्ट्रहरूको नजरबाट समेत नेपालप्रतिको विश्वास गुम्दै गईरहेको बताईएको छ ।

चेतावनीको यो घण्टीलाई समयमै बुझेर विचौलिया प्रथा अन्त्य गरिहाल्न सुझाव दिँदै तत्काल यसलाई नरोके देश चाँडै आर्थिक ‘ईमर्जेन्सी’को अवस्थामा पुग्ने र परिस्थिति काबु बाहिर जाने विज्ञ ईन्टिलिजेन्सको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरुलाई पछि पार्ने गरी बिचौलिया समूहले पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम बोकेर चलखेल सुरु गरेको पछिल्लो ज्वलन्त उदाहरण हो ।

बिचौलिया भट्ट समूहले केही व्यवसायिक घराना र प्रतिष्ठानको सहयोग लिएर क्षेत्रीलाई गभर्नर बनाउन गरिरहेको चलखेल रोकिए देशकै शाख गिर्ने गरी भईरहेको बेईज्जती र संकट निरूपणको संकेत सुरू हुने अन्यथा सरकार, राज्य निरीह बन्दै देशको संकटमा नुनचुक छर्किने काम हुने भन्दै चौतर्फी खरदारी सुरू भएको छ ।